११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

बलिवुड फिल्म बोर्डरको सिक्वेल बन्दै



काठमाडौं । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको तयारी सुरु भएको छ । यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन् । अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार बोर्डर २ को छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ ।

बोर्डर २ लाई जेपी दत्तले निर्देशन र निर्माण गर्न लागेका छन्, जसले १९९७ को बोर्डर पनि निर्देशन गरेका थिए । भूषण कुमार र जेपी दत्तकी छोरी निधि दत्तले पनि फिल्म निर्माण गर्दैछन् । यस फिल्ममा सनी देओल मेजर कुलदीपको भूमिकामा देखिनेछन् ।

फिल्म सन् २०२६ मा गणतन्त्र दिवसको अवसरमा रिलिज हुनेछ ।

सन्नी देओलका फिल्महरूको बारेमा कुरा गर्दा उनको अन्तिम फिल्म गदर २ थियो, जुन बक्स अफिसमा सुपरहिट थियो । उनी चाँडै लाहोर १९४७, बाप, सूर्य र अपने २ मा देखिनेछन् । फिल्म बोर्डर सन् १९९७ मा रिलिज भएको थियो । १० करोडमा बनेको यो फिल्मले ६५ करोड कमाएको थियो । यो त्यो वर्षको सबैभन्दा ठूलो फिल्म थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १० : ११ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि