९ श्रावण २०८३, शनिबार | July 25, 2026

देशको गोप्य सूचना बेच्ने सांसदको नाम खुलाउन कांग्रेसको सभामुखलाई ध्यानाकर्षण



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विदेशमा बिक्री गर्ने सांसदको नाम खुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले नेपालको गोप्य सूचना बेच्यो उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रष्ट पार्नका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो । त्यो पनि सभामुखज्यूलाई साक्षी राखेर भन्नुभयो । यो अत्यन्तै गम्भीर कुरा हो, यो केवल आन्तरिक मामिलासँग मात्र सम्बन्धित छैन,यही संसदमा गोप्य सूचना बेच्ने मान्छे सांसद छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने कुरा अत्यन्तै गम्भीर कुरा हो । नेपाली जनता हेर्न चाहन्छन्, को रहेछ त्यो देशको गोप्य सूचना बेच्ने रु यसको जानकारी चाहियो । र कहिले, कहाँ, कसरी, कति मूल्यमा देशको गोप्य सूचना बेचियो ?’

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १२ : ५९ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको