६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारतमा बाढीका कारण १८ को मृत्यु छ लाख भन्दा बढी प्रभावित



नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको मृत्यु हुनुका साथै छ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको मङ्लबार अधिकारीहरूले बताएका छन् ।

बाढीले दश जिल्लाहरू होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा-हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ भने स्थिति गम्भीर छ ।

आसममा दश जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिसहरु बाढीबाट प्रवावित भएको एक अधिकारीले जनाएका छन् । विगत २४ घण्टामा चार जनाको ज्यान गए सँगै बाढीबाट मृत्यु हुनेका सङ्ख्या १८ पुगेको हो । यसै गरी कछार जिल्लामा चार जना बेपत्ता भएको जनाईएको छ ।

अधिकारीहरूले हाल ५७७ गाउँहरू डुबानमा परेको जनाउदै प्रभावित जिल्लाहरूमा करिब छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) का अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा १९१ राहत शिविर तथा १०८ वितरण केन्द्र खोलेको छ ।

प्रभावित क्षेत्रमा रेल ट्रयाकमा क्षति पुगेको कारण केही रेलसेवाहरू पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच, बाढी प्रभावित जिल्लाहरूमा उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) र राज्य विपद् प्रतिक्रिया बल९एसडीआरएफ० का कर्मचारीहरू तैनाथ गरिएको छ ।

गत महिना पश्चिम बङ्गालाल र बङ्गलादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुरका राज्यहरूमा बाढी आएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ४ : ३५ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज