७ पुस २०८२, सोमबार | December 22, 2025

एमाले अध्यक्ष ओली आज भैरहवा आउँदै



भैरहवा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज भैरहवा आउने भएका छन् । भैरहवामा आजदेखि सुरु हुने नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशनअधिवेशन उद्घाटन गर्न उनी भैरहवा आउन लागेका हुन् ।

भैरहवाको सिद्धार्थ भिनासामा आयोजना हुने अधिवेशनमा पार्टी अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकमां, सचिव एवं लुम्बिनी प्रदेश इन्वार्ज प‌द्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिट ब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टाराईलगायत विभिन्न तहका नेताहरुको उपस्थिती रहने प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।

जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला के.सी.को संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भए‌को छ । बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र उत्तिकै सङ्ख्यामा शुभेच्छुक रहेको अध्यक्ष केसीले बताए ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ११ : १३ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने