२४ श्रावण २०८३, आइतबार | August 9, 2026

एकता र साझा प्रयासबाट बिम्स्टेकका लक्ष्य हासिल गर्न सकिने



काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक०को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबीच एकता हुनुपर्ने बताएका छन ।

बिम्स्टेक स्थापनाको २७ औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले बिम्स्टेकका लक्ष्य हासिल गर्न तथा सङ्गठनलाई कार्यात्मक परिणाममुखी र जनता केन्द्रित बनाउन साझा प्रयास आवश्यक भएको बताएका छन ।

प्राकृतिक स्रोत र साधनले भरपूर बिम्स्टेक क्षेत्रले सङ्गठनका माध्यमबाट विकास गरेको भए पनि अझ बढी जनकेन्द्रित कार्य गर्न नेतृत्व तहको सामूहिक बुद्धिमता एवं दृष्टिकोण आवश्यक भएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गरेका छन । उनले छैटौँ बिम्स्टेक शिखर सम्मेलनको तयारी भइरहँदा विश्वव्यापी रूपमा थपिएका नयाँ चुनौतीको सामना गर्दै क्षेत्रीय सहयोगलाई अझ सृदृढ बनाउने कार्ययोजना तयार गर्न जरुरी भएको बताएका छन ।

सन्देशमा उपप्रधानमन्त्रीले बिम्स्टेक सचिवालयले गरेका कामको प्रशंसा गर्दै बिम्स्टेक बडापत्र लागू भएकामा खुसी व्यक्त गरेका छन । साथै उनले नेपाल सरकारका तर्फबाट सङ्गठनलाई गतिशील तुल्याउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ४६ बजे

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका-२ का किसान देशराज लिम्बूले गत वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले