१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

१४ बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको १४ औं साधारणसभा सम्पन्न



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेको १४औं साधारणसभा तथा अधिवेशन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सधारणसभाको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उदघाटन गरे ।

उदघाटनका अवसरमा बोल्दै उनले बाँकेका पत्रकारको क्षमताबृद्धिमा नेपालगन्ज उपमहानगरपालिकाले विशेष नीति बनाउने प्रतिबद्धता ब्यक्त गरे । पत्रकार महासंघसँग सहकार्य गर्न उपमहानगर सदैब तयार रहेको बताउँदै नेपालगन्जका सञ्चारगृह र सञ्चारकर्मीका लागि उपमहानगरले बजेटको व्यवस्था गर्नेप्रतिबद्धता ब्यक्त गरे ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको साधारणसभाले महासंघ मार्फत स्थापना भएका विभिन्न पुरस्कारबाट १८ जना सञ्चारकर्मीलाई पुरस्कृत गरिएको छ ।

साधारणसभाले संघका बाँके शाखा सचिव कमल डाँगीले प्रस्तुत गरेको प्रगती प्रतिबेदन र कोषाध्यक्ष बिनोद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सुझाव सहित पारित गरेको छ । बिधान बमोजिम बरिष्ठ पत्रकार निरज गौतमको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलको संयोजनमा सञ्चालन गरिएको बन्दसत्रले १४ बुँदे घोषणा पत्र जारी गरेको छ ।

जारी गरिएको घोषणा पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रर्बद्धनका लागि सम्पूर्ण आमसञ्चार माध्यम र पत्रकारहरुलाई अझ बढी जिम्मेवार, कर्तव्यनिष्ट, जवाफदेही र संयमतापूर्वक काम गर्न आग्रह गरिएको छ भने पत्रकार आचार संहिता, पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रकाशन प्रशारण गर्न आमसञ्चार माध्यम र पत्रकारहरुलाई अनुरोध गरिएको छ ।

घोषणापत्रमा स्थानीय, प्रदेश र संघीय सरकारलाई समानुपातिक रुपमा विज्ञापन वितरण गर्न माग गर्दै स्थानीय विज्ञापन स्थानीय मिडियालाई प्राथमिकताका साथ दिने व्यवस्थागर्न पनि माग गरिएको छ ।

अनलाईन आमसञ्चार माध्यमको दर्ता र नविकरण, पत्रकार परिचयपत्रको वितरण र नविकरण जिल्ला तहबाटै उपलब्ध गराउन घोषणापत्रमा माग गर्नुका साथै समाचारमूलक आमसञ्चार माध्यम र सोसल मिडियाबारे सर्वसाधरणमा एकै बुझाई भएकाले फेसबुक, यूटुब लगायतका सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नीति, विधि, कार्यविधि, निर्देशिका र ऐन, कानून निर्माण गर्न सरकारलाई आग्रह गरिएको छ ।

नेपाल पत्रकार महासंघको सदस्यता वितरण गर्दा मापदण्ड पुगेका क्रियाशिल पत्रकारलाई सरल र सहज विधिमा सदस्यता उपलब्ध गराउन र पत्रकारिता पेशामा क्रियाशिल नरहेका सदस्यहरुलाई स्वघोषणा वा स(सम्मान सदस्य नरहेको व्यवस्था मिलाउन सम्बद्ध सबैमा घोषणापत्रमा आग्रह गरिएको छ ।

उदघाटनसत्रमा बाँकेका प्मुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की, हुला कार्यालय प्रमुख गोबिन्द पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई लगायतले साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।

साधारणसभा सम्पन्न भएपनि केन्द्रमा सदस्यता सम्बन्धि बिबादका कारण निर्वाचन भने अझै अन्यौलमा रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ९ : ५३ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा