९ बैशाख २०८३, बुधबार | April 22, 2026

युगाण्डा ३९ रनमा अलआउट, आयोजक वेस्ट इण्डिजको फराकिलो जित



काठमाडौं। वेस्ट इन्डिजले जारी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिजले युगाण्डालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछाएको युगाण्डाले १२ ओभरमा अल आउट हुदै ३९ रन मात्र बनाएको हो । यो टी(२० विश्वकपको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम टोटल हो ।

यस अघि २०१४ को विश्वकपमा नेदरल्याण्डसले श्रीलंकाविरुद्ध ३९ रनमै अल आउट भएको थियो ।

युगाण्डाका लागि जुमा मियागीले १३ रन बनाउने बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

त्यस्तै वेस्ट इण्डिजका बलर अकील हुसेनए ४ ओभरमा ११ रन दिएर ५ विकेट लिएका थिए । उनी यस विश्वकपमा ५ विकेट लिने पहिलो बलर बनेका छन् ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

यो जितपछि वेस्ट इन्डिजको समुह सी मा २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै युगाण्डाको भने ३ खेलमा २ अंक रहेको छ ।

अब वेस्ट इन्डिजले अर्को खेल जुन १३ मा न्यूजील्याण्डसँग खेल्ने तालिका रहेको छ । त्यस्तै युगाण्डाले आफ्नो समुह चरणको अन्तिम खेल जुन १५ मा न्यूजील्याण्डविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : ४५ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका