काठमाडौं । दैलेख र अछाम जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुँडिँदा १४ वटा खच्चर पुलमा फसेका छन् ।
दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको एक लठ्ठा चुँडिएपछि खच्चर पुलमै फसेका हुन् ।
ती खच्चर आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै थिए । लठ्ठा चुँडिएपछि पुल एकातर्फ ढल्किएको छ भने खच्चरका खुट्टा जालीमुनि परेका छन् ।
सबै खच्चरहरु घाइते अवस्था रहेको र उनीहरुको समयमै उद्दार गर्न नसकिए मर्ने अवस्था छ ।



















प्रतिक्रिया