१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

चेपाङको जीवनीमा दीपेन्द्रले तयार गरे वृतचित्र ‘पचेडा’



काठमाडौं ।  कुनै समय म्युजिक भिडियोमा व्यस्त तथा सफल नाम बनेका दीपेन्द्र केसी पछिल्लो समय भिडियो निर्देशनमा सक्रिय छैनन् । फिल्मलाई गन्तव्य मानेर ओस्कार कलेजमा अध्यन गरेपछि उनले फिल्म निर्देशनको यात्रामा अगाडि बढ्दै डकुमेन्ट्री तयार गरेका छन् ।

‘कथा भित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले ‘पचेडा’को ट्रेलर सार्वजनिक गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णु बहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका छन् । चेपाङ जङ्गलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताएका छन् ।

‘कुनै हरहर फिल्मको झल्को दिने भएता पनि यो वास्तविक कथा हो । वृत्तचित्रमार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको सङ्घर्ष कथालाई जस्ताको त्यस्तै देखाउने कोसिश गरेको छु’, दीपेन्द्रले भने ।

फिल्म निर्देशनका लागि गरेको अध्ययन उनले डकुमेन्ट्रीमा प्रयोग गरेका छन् । किनकि उनी आफैँ सन्तुष्ट हुनुपर्ने छ । उनले डकुमेन्ट्रीमा सन्तलाल चेपाङको कथा देखाएका छन् । उक्त कथालाई उनले तीन सेड्युलमा खिचेका थिए ।

‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन्, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पिडालाई नजिकबाट बुझ्न पाएँ’, दीपेन्द्र भन्छन्,‘मेरो ईच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जङ्गलमै बस्नु रहर होइन ।’

उक्त डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । उनकै बसाइरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको छ । यसलाई निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्रीले निर्माण गरेका हुन् भने सह निर्मातामा बालकृष्ण खड्गी रहेका छन् । वृत्तचित्रको प्रदर्शनी सोही चेपाङ बस्तीसँगै अस्ट्रेलियासहितका केही देशमा गर्ने तयारी निर्माण कम्पनि देव डी प्रोडक्सनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १ : १६ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको