२९ मंसिर २०८२, सोमबार | December 15, 2025

ओलीको एमाले जोगाउन संसद् विघटन गरेँ भन्ने अभिव्यक्ति सामान्य होइन- महासचिव भुसाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा कालिन बेलामा प्रधानमन्त्री पद जोगाउनको लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

पार्टीले आइतबार आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गरेका छन् ।

उनले भने- ‘एकजना कम्युनिस्ट पार्टीका नेताले हिजो मात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन । उनले पार्टी जोगाउन संसद,प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।’

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ४ : ५४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती