१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एक घण्टाका लागि बर्दियाकी नमुना प्रमुख जिल्ला अधिकारी बनिन् प्रतिक्षा न्यौपाने



नेपालगन्ज । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ कीे प्रतीक्षा न्यौपानेले एक घण्टाका लागि बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बनेकी छन् ।

प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले किशोरीहरूको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालन गरेको गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत बालिका न्यौपानेलाई बर्दियाको नमुना प्रमुख जिल्ला अधिकारी बनाईएको हो ।

प्रमुख जिल्ला अधिकारीको पदभार ग्रहण गरेलगत्तै कार्यक्रममा उपस्थित किशोरीहरुले बर्दिया जिल्लामा रहेका सरकारी कार्यालयमा कर्मचारीहरू समयमै नआउने र ढिलोगरी कार्यालयमा आउने कर्मचारीहरूलाई कारबाही नभएको गुनासो गरेका थिए ।

त्यसैगरी लागू औषध दुव्र्यसनी, बालविवाह, मानव बेचबिखन लगायत सडक दुर्घटनाका बिषयमा पनि उनिहरुले प्रमुख जिल्ला अधिकारीसंग प्रश्न गरेका थिए ।
एक घण्टाका लागि नमुना प्रमुख जिल्ला अधिकारीको आसनमा बसेकी प्रतिक्षाले किशोरीहरुबाट आएका प्रश्नहरुको जवाफ दिंदै कर्मचारीहरूको अनुगमन, सडक दुर्घटना न्यूनीकरण र मानव बेचबिखन नियन्त्रणका बारेमा जवाफ दिएकी थिइन् ।

सो कार्यक्रममा बर्दिया जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बढ्दो लागू औषध दुव्र्यसनी नियन्त्रण गर्न र मानव बेचबिखन रोक्न संघसंस्थाहरुसँग मिलेर काम गर्नुपर्ने जनाउँदै प्रहरीलाई समेत सो बारेमा कडाई गर्न निर्देशन दिएर परिचालन गरिएको बताइन् ।

उनँले किशोरीहरुको शसक्तिकरणका लागि विभिन्न किसिमका तालिमको आयोजना गर्नका लागि आफू सहकार्य गर्न तयार रहेको समेत बताइन् ।

कार्यक्रममा बाँके युनेस्को क्लब सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले किशोरीहरूको क्षमता बृद्धि गरेर उनिहरुलाई पनि हरेक क्षेत्रमा अगाडि बढाउनका लागि गल्र्स टेक ओभर कार्यक्रम सुरु गरिएको बताए । उनले किशोरीहरुले कुनै जिम्मेवारी पाए भने त्यो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।

बर्दिया जिल्लामा सशक्त बालिका परियोजना अन्तर्गत विभिन्न कार्यक्रम गरेर किशोरीहरुलाई सक्षम बनाउने काम गरिएको कार्यक्रम अधिकृत ईश्वर विकले बताए ।

एक घण्टाका लागि नमुना प्रमुख जिल्ला अधिकारी बनेकी प्रतीक्षा न्यौपानेले यसमा आफ्नो अनुभव नौलो रहेको जनाउँदै कुनै पनि पद पाउनु भन्दा पनि सो पदको गरिमा राखेर काम गर्न कठिनाइ हुने गरेको महसुस भएको बताइन् ।

कार्यक्रममा गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह, बि गु्रप र राधाकृष्ण थारु जनसेवा केन्द्रका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ९ : ३६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा