६ श्रावण २०८३, बुधबार | July 22, 2026

युवतीको अश्लिल भिडियो बनाएको आरोपमा दुई पक्राउ



कैलाली । धनगढीमा युवतीको अश्लिल भिडियो बनाएको आरोपमा मोबाइल ग्यालरीका सञ्चालकसहित दुई जनालाई आज पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालक धनगढी–१ का शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रबहादुर बोहराले जानकारी दिए ।

मोबाइल पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनीको बहिनीको मुखाकृति जोडी अश्लिल भिडियो, फोटो बनाइ मोबाइल धनीको फेसबुक म्यासेन्जरमा पठाएको तथा मोबाइल धनीको फेसबुक आइडी आफैँले चलाइ विभिन्न अश्लिल साइट सर्च गरेको भेटिइएपछि उनीहरुलाई पक्राउ गरिएको बोहराले बताए ।

पीडित युवतीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ९ : ४३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क