२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय



काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको ठहर गर्दै यो सजाय सुनाएको हो । अदालतले जरिवानाको रूपमा तोकिएको ३ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरूप प्रदान गरिने छ । गिरीलाई यसअघि जेठ १३ गते दोषी ठहर गरिएको थियो । सर्वोच्च अदालतको आदेशले उनी यसअघि नै थुनामा रहेका थिए ।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीको सहमति बिना शारीरिक सम्पर्क राखेको आरोपमा गिरीविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : २० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी