१६ भदौ २०८३, मंगलबार | September 1, 2026

सिथि नखः र कुमार जयन्ती पर्व मनाइयो



भक्तपुर । जेठ शुक्लपक्ष षष्ठी तिथि अर्थात् कुमार षष्ठी । आज भक्तपुरसँगै काठमाडौंँ उपत्यकासहित देशभरका नेवार समुदायले सिथि नखःपर्व भव्यरुपमा मनाएका छन् । यो पर्वसँगै वर्षा सुरु हुने र किसानले वर्षाको महत्वपूर्ण धान रोपाइँ (स्थानीय भाषामा ज्याः) सुरु हुने भएकाले यस चाँडलाई वर्षा अघिको अन्तिम चाडकारुपमा मनाइन्छ ।

सिथि नखःमा आज विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत वरपर सरसफाइ गरिएको छ । वर्षाको पानी बगेर आउने भेल र फोहर खानेपानीको मुहानमा मिसिएर दूषित नहोस् भनी पानीको मुहान एवं स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु यो पर्वको विशेषता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

उनका अनुसार हिँउदमा पुरिएको, थुनिएको र सुकेको पानीको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुल सफाइ गर्ने परम्परा वर्षौँदेखि रहँदै आएको हो ।

नेवार समुदायमा सिथि नखः महत्वपूर्ण पर्वको रुपमा मनाउने गर्दछन् । जात्रापर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि किसानलाई मानसिक र शारीरिक रूपले तयार पार्ने चाँडको रूपमा सिथि नखःको विशेषता रहेको संस्कृतिविद् प्रा डा श्रेष्ठले बताए । उनका अनुसार सिथि नखः महादेव पार्वतीका जेठ सुपुत्र कुमारको जन्म दिन हो । देवीदेवतामध्ये सबैभन्दा पहिला पूजा गरिने कुमारको पूजा आराधना गर्नाले वर्षातको बेला धान रोपाइँलगायत कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको हो । तसर्थ आज भगवान् कुमारको जन्मदिनका रूपमा कुमार पूजा गर्ने प्रचलन छ ।

आजको दिन पानीको मुहान एवं स्रोत सफा गरेर मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः अर्थात ‘बारा’ चढाउने र खाने प्रचलन रहेको छ । घरमा भर्खर भित्रिएको नयाँ गहुँको ‘म्हुछ्यामढी’ (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

वर्षातको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी शक्ति र मेहनत आवश्यक पर्ने भएकाले नेवार समुदायले सिथि नखःको दिन चामलको पिठोबाट बनाइएका विशेष प्रकारका रोटी, चटामरी, पापड, गहुँको मालपुवालगायत पकवान खाने गरेका संस्कृतिविद् राजकुमार जोशीले बताए ।

आज शुद्ध भई नवदुर्गा भवानी र शक्तिपीठमा पूजा गरी नयाँ गहुँबाट तयार गरिएका परिकार चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास पनि रहेको उनको भनाइ छ । सिठी नखः का दिन माटोलाई चोट पु¥याउन नहुने मान्यता रहेकाले किसानले आज खेतबारीमा काम गर्दैनन् ।

आजको दिन दिगुपूजा (देवाली) को अन्तिम दिन मानिन्छ । आज काठमाडौँको जैसिदेवलमा सिद्धिकुमार र भक्तपुरको थिमीमा सिथीनःख द्यःको पूजा गरिन्छ । त्यस्तै भक्तपुर–५, भगवतीस्थानमा अवस्थित चण्डि भगवतीको आजैको दिन पूजाआजाका साथै जात्रा मनाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ३ : २५ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

काठमाडौं र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौं । भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत