२५ आश्विन २०८३, आइतबार | October 11, 2026

डिजे कन्सर्ट गर्दै सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङलाई नेपालगन्जमा सम्मान



नेपालगन्ज । डिजे कन्सर्ट गर्दै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा भव्य स्वागतसहित सम्मान गरिएको छ । गत जेठ दोस्रो साता डिजे कन्सर्ट गर्दै सर्वोच्च शिखर चढेका शेर्पालाई नेपालगन्जमा शेर्पा समुदायले भव्य स्वागतसंगै सम्मान गरेको हो ।

उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे कलाकार हुन् । सम्मान कार्यक्रममा बोल्दै शेपौले क्याम्प २ मा डिजे कन्सर्ट गरेर आफूले विश्व कीर्तिमान बनाएको बताए । ‘ग्लोबल वार्मिङ रोकौं, हिमाल संरक्षण गरौं’ भन्ने नारासहित उनले दुई महिना लगाएर सगरमाथा चढेका थिए । ‘जलवायु परिवर्तनको कारण अहिले विश्वलाई समस्या परिरहेको अवस्था छ । हिमाल संरक्षणको सन्देश दिने उद्देश्यले आरोहण गरेका हौं’ नेपालगन्ज आएका शेर्पाले भने ।

सगरमाथा आरोहण सोँचेअनुसार सफल भएकोमा आफू खुसी रहेको समेत उनले बताए । ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ अभियानअन्तर्गत सगरमाथाको सफल आरोहण गरेका उनले बेस क्याम्प २ मा डिजे कन्सर्ट आयोजना गरी विश्व कीर्तिमान कायम गरेका हुन् ।

तेन्जिङले विगत १२ वर्षदेखिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ मा पहिलो सगरमाथा आरोहणको सम्झनामा आयोजना हुदैँ आएको सांगितिक कार्यक्रममा डिजे मार्फत कार्यक्रम गर्दै आएका थिए । नेपालको विभिन्न स्थानहरुमा लामो समयदेखिन डिजे गर्दै आएका डिजे तेन्जिङले पर्यटन प्रर्वद्धनसंगै ग्लोबल वामिङको नारा लिएका हुन् । ‘व्यक्तिगत उपलब्धि र रेकर्ड राख्नेभन्दा पनि अहिले जलवायु परिवर्तनका कारण विश्वलाई नै अफ्ठ्यारो परिरहेको अवस्था छ । यस्तोमा हिमालको संरक्षण गर्नुपर्छ भनेर एउटा चेतनामुलक अभियानको प्रारम्भकोरुपमा सगरमाथा आरोहण गरेको हुँ ।’ तेन्जिङले भने, ‘सोचेअनुरुप आफू सफल भएँ, एकदमै खुसी छु ।’

नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति बाँकेको आयोजनामा गरिएको कार्यक्रममा बाँकेमा रहेका शेर्पा समुदायले खादा ओढाएर डिजे तेन्जिङलाई सम्मान गरेका थिए । संघ बाँकेका अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा शेर्पा धर्मगुरु निमा शेर्पा लामा, वरीष्ठ सल्लाहकार नुरी शेर्पा, संघका निर्वतमान अध्यक्ष पेम्बाछिरी शेर्पा, सहकोषाध्यक्ष ङतेम्बा शेर्पा लगायतले शुभकामना दिएका थिए । सो क्रममा उनीहरुले डिजे तेन्जिङको यो किर्तीमानी समग्र शेर्पा समुदायको मात्र नभएर सिङ्गो राष्ट्रको गौरवको विषय भएको बताउँदै हाम्रा सन्ततीहरुलाई यस्तै किर्तीमानी र गौरवमय कार्यतर्फ प्रेररीत गर्नुपर्ने बताएका थिए ।

सोलुखुम्बु जिल्लाको दुधकुण्डा नगरपालिका वडा नम्बर–१० लुङसा निवासी ५१ वर्षिय डिजे तेन्जिङ पछिल्लो समय काठमाडौं बस्दै आएकाछन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ४ : ५४ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नमुना अभ्यास

तनहुँ। तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम

बूढीगण्डकी बाढी : छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

गोरखा ।बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा

बूढीगण्डकी बाढी त्रिशूली र नारायणी किनारमा सतर्कता

चितवनन । बुढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी

बुटवलको कालिकानगरबाट पुनः सञ्चालनमा आयो पवन मिष्ठान भण्डार

बुटवल । पवन मिष्ठान भण्डारले बुटवलबाट पुनः आफ्नो सेवा सञ्चालनमा

बूढीगण्डकी बाढी : गोरखाको जगतबाट ६ जनाको हवाई उद्धार

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीपछि पहिरोको जोखिममा