७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजको मौसम : बाग्मती र कोशीमा बिहानैदेखि मेघगर्जनसहित वर्षा



काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी प्रदेशका थोरै स्थान र वाग्मती प्रदेशका केही भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशमा साधारणतया बदली रहेको छ । मधेस र वाग्मती प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो कोसी, मधेस र वाग्मती प्रदेश गायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र वाग्मती प्रदेशका केही स्थानमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको केही स्थानमा साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी भू-भागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

हाल नेपालको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : १७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज