१८ माघ २०८२, आइतबार | February 1, 2026

जीवन बुझ्नै गाह्रो



जीवन बुझ्नै गाह्रो
कसैले सजिलो भन्छन्
अनि कसैले सार्है गाह्रो।

हिँड्दा हिँड्दै लड्नुपर्ने
लड्ने बित्तिकै उठ्नुपर्ने
दुखे पनि हाँस्नु पर्ने
अनि हाँस्दा हाँस्दै आसु झर्ने।

जीवन बुझ्नै गाह्रो
आजभोलिलाई साँच्नु पर्ने
भोलि पर्सिलाइ थन्काउनु पर्ने
पर्सि छ छैन थाहा छैन, तै पनि
आज पर्सिकै आसमा बाँच्नु पर्ने।

विद्या ठुलो कि धन भनि
वादविवाद कार्यक्रम गर्नै पर्ने
दुबै भन्दामाथि स्वास्थ छ भनि
जानकार हुन रोगको शिकार हुनै पर्ने।

तेरो यति मेरो यति हिसाब गर्नै पर्ने
तल माथि हुन्छ कि भनि नाप्नै पर्ने
न खाएर सक्ने न त लगाएर सक्ने
त्यै पनि लोभको भकारी भर्नै पर्ने।

हनुमान चालिसा जप्न छोडेर
मुखमा राम राम बगलिमा छुरा गर्नै पर्ने
आफ्नो कर्म गर्न छोडेर
अरुको जुत्ताको तुना तान्नै पर्ने।

जीवन बुझ्नै गाह्रो
मुटु माथि ढुङ्गा राख्नै पर्ने
हुने हार दैब नटार भन्नै पर्ने
तिमी साँचि छौ नि भगवान
पाप धर्म छुटाइदेउ भनि गुहार माग्नै पर्ने।

जीवन बुझ्नै गाह्रो
हाँस्दा हाँस्दै आँशु झर्ने
आज पर्सिकै आसमा बाच्नु पर्ने
त्यै पनि लोभको भकारी भर्नै पर्ने।

जीवन बुझ्नै गार्हो
कसैले सजिलो भन्छन्
अनि कसैले सार्है गाह्रो।।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : १० बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा