२० मंसिर २०८२, शनिबार | December 6, 2025

देवीनगरमा जीवनयोग प्रयोगशाला सुरु



बुटवल । बुटवल-११ देवीनगरमा देवसिद्ध जीवनयोग प्रयोगशाला सुरू भएको छ । योग र ध्यानमार्फत मानिसको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउने उद्देश्य सहित प्रयोगशाला सुरू गरिएको हो ।

जीवनयोग प्रयोगशालाको शनिबार बुटवल उपमहानगरपालिका वडा नम्बर-११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष क्षेत्रीले क्षेत्रीले ध्यान र योगका विशिष्ट प्रयोगहरुले मानव शरीर स्वस्थ, सक्रिय र ऊर्जावान बनाउने भन्दै सबैले लाभ लिनुपर्ने बताए । पछिल्लो समय जीवनयोगप्रति मानिसहरूको रूचि बढदो गएको अध्यक्ष क्षेत्रीको भनाइ छ ।

कार्यक्रमका प्रशिक्षण दिँदै जीवन विज्ञान लुम्बिनी प्रदेश संयोजक तथा योग प्रशिक्षक केशव खनालले नियमित रूपमा योग र ध्यानका कार्यक्रम गर्दै जाँदा मानिसमा उर्जा आउने बताए । जीवनयोग कार्यक्रमले मानिसको बोली र व्यवहारमा एकरूपता, संकल्प र निर्णय शक्तिको विकास एवं लक्ष्यमा स्पष्टता ल्याउने बताए ।

साथै यसले विवेकको जागरण, परमशान्ति र आनन्दको अभ्युदय हुने खनालले जानकारी दिए । कार्यक्रममा झण्डै ३०० जना हभागी भएर लाभ लिएका कार्यक्रमका सहयोगी लोकराज शर्माले जानकारी दिए । कार्यक्रममा आशा श्रेष्ठ, शोभा घिमिरे, अनिता भुर्तेलले पनि प्रशिक्षण दिएका थिए ।

पश्चिम सिद्ध नगर टोल विकास संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक माया बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव रामप्रसाद खनाल, देवसिद्ध समाज सुधारका अध्यक्ष पूर्णानन्द गिरी, देवसिद्ध खानेपानीका अध्यक्ष भरत पाठक, भवानी टोल विकास संस्थाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ३ : ५३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल