४ पुस २०८२, शुक्रबार | December 20, 2025

यातायात र हवाई उडान भदौ १६ बाट मात्र सुचारू गर्ने सरकारको निर्णय, भारतबाट प्रवेश नाका २० बाट १० मा झारियो



काठमाडौं । सरकारले लामो दुरीको यातायात र हवाई उडान भदौ १६ गते देखिमात्र खुला गर्ने निर्णय गरेको छ ।

मन्तत्रपरिषद्को सोमबार साँझ बसेको बैठकले भदौ १५ गतेसम्म यातायात र अन्तराष्ट्रिय एवं आन्तरिक उडानमा रोक लगाइरहने निर्णय गरेको हो ।

यसअघि गत साउन ५ गते बसेको बैठकले भदौ १ बाट यातायात र उडान सुचारू गर्ने निर्णय गरेको थियो ।

कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार यो निर्णय गरपएको हो ।

कोरोना भाइरसको महामारी झन बढेपछि आइतबार बसेको सीसीएमसी बैठकले यातायात र हवाई उडान सुचारू गर्ने समय पछि सार्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

बैठकले अन्तराष्ट्रिय सीमामा थप कडाई गर्ने पनि निर्णय गरेको छ ।

भारतबाट आउने नेपालीका लागि पहिले तोकिएको प्रवेश बिन्दु २० लाई घटाएर १० मा झारेको छ ।

यसबाहेक अन्यस्थानबाट छिर्नका लागि पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ ।

यसैगरी भारतबाट कामदार ल्याउन पनि रोक लगाइएको छ । सिमा पार गरेर दैनिक किनमेलको काममा समेत रोक लगाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको