१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अमेरिकी राष्ट्रपति भवन (ह्वाइट हाउस) नजिकै गोली चल्यो



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कसैमाथि राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै गोली प्रहार भएको बताएका छन् ।

ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलन आकश्मिक रुपमा त्यहाँबाट गएका थिए । उनलाई गुप्तचर निकयाका एजेन्टले विशेष जानकारी दिएपछि पत्रकार सम्मेलन छोडेर भित्र गएका हुन् ।

उनको सुरक्षामा खटिएका ती एजेन्ट पत्रकारको प्रश्नको जवाफ दिइरहेका बेला स्टेजमा गएर ट्रम्पको कानमा केही बताए । ट्रम्पले ‘ओहो’ र ‘के भइरहेको छ’ भनेको सुनिभएको बिबिसीले उल्लेख गरेको छ । त्यसपछि उनी ब्रिफिङ्ग स्थलबाट बाहिरिए । घटना हुँदा ह्वाइट हाउस लकडाउन गरिएको थियो ।

सोमबारको ब्रिफिङ्गको क्रममा भएको यो घटनापछि ट्रम्पले पत्रकारलाई प्रतिक्रिया दिँदै अवस्था अहिले नियन्त्रणमा रहेको बताएका छन् । झण्डै ९ मिनेटपछि पोडियममा फर्किएका ट्रम्पले गुप्तचर निकायका एजेन्टले आरोपित बन्धुकधारीलाई गोली प्रहार गरेको जानकारी आफूलाई रहेको बताए ।

घटनापछि कसैलाई अस्पताल लगिएको उनले बताए । घटना असामान्य भए पनि गुप्तचर निकायको व्यवसायिकताको भने प्रशंसा गर्नु पर्ने ट्रम्पले बताएका छन् । ट्रम्पले भनेका छन्, ‘ह्वाइट हाउस बाहिर गोली चलेको हो । अहिले अवस्था नियन्त्रणमा छ । एकजनालाई अस्पताल लगिएको छ । तर ती व्यक्तिको अवस्था मलाई थाहा छैन ।’

गुप्तचर निकायले पनि गोलीकाण्ड भएको र थप विवरण आउन बाँकी रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ६ : ५२ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना