२० असार २०८३, शनिबार | July 4, 2026

आयरल्याण्डमाथि पाकिस्तानको संघर्षपूर्ण जित



काठमाडौं । पाकिस्तानले जारी टी-२० विश्वकपको अन्तिम खेलमा आयरल्याण्डमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पाकिस्तानले आयरल्याण्डमाथि ३ विकेटको संघर्षपूर्ण जित हासिल गरेको हो ।

आयरल्याण्डले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १८.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन बनाएको थियो ।

समुह ए मा रहेका पाकिस्तान र आयरल्याण्ड दुवै समुह चरणबाटै बाहिरिएका छन् । पाकिस्तानले ४ खेलमा २ जित र २ हारपछि ४ अंक हासिल गरेर समुहमा तेस्रो भएको छ

त्यस्तै आयरल्याण्डले भने ४ खेलमा ३ खेलमा हार बेहोरेको छ र एक खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको थियो । समुह ए बाट भारत र अमेरिका सुपर आठमा पुगेका  छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : ३९ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि