१७ माघ २०८२, शनिबार | January 31, 2026

एकता , प्रेम र सहिष्णुताले नै समुन्नत रास्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुस्लिम समुदायको दोस्रो ठूलो पर्व ईद-उल -अजहा ( बक्र ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले आज (सोमबार) शुभकामना सन्देश जारी गर्दै बक्र ईद पर्वले सम्पूर्ण नेपालीहरूबीच एकता, प्रेम र सहिष्णुता कायम गर्दै सामाजिक न्यायसहितको समुन्नत रास्ट्र निर्माणमा सहयोग पुग्ने बिश्वास व्यक्त गरेका छन् । उनले नेपाल रास्ट्र बहुजातीय , बहुभाषिक , बहुधार्मिक एवम् बहुसांस्कृतिक बिशेषताहरूले भरिपूर्ण रहेको समेत उल्लेख गरेका छन् ।

सरकारले बक्र ईदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुले बक्र ईद पर्वलाई दोस्रो ठुलो पर्वका रूपमा एक आपसमा खुसियाली साटासाट गरि मनाउने गर्दछन् ।

इस्लाम पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौ दिनमा यो पर्व मनाइन्छ । ईदलाई मुस्लिम समुदायले आत्म शुद्धिका लागि मनाउने गर्दछन । खासमा जीवन र मरण आफ्नो वशमा छैन भनेर दर्शाउनु नै यस पर्वको उद्देश्य हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न धर्मले जायज मानेका जनावरलाई कुर्वानी (बलि) दिने गरिन्छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : ५४ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक