२० असार २०८३, शनिबार | July 4, 2026

युरोकपमा फ्रान्सको विजयी शुरुवात, एम्बाप्पेको नाक भाँचियो



काठमाडौं । फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो ।

यस खेलमा एम्बाप्पे भने घाइते भएका छन् । रिपोर्टका अनुसार उनको नाक भाँचिएको छ । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन् । रिपोर्टका अनुसार एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समुह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिटै लिने बताइएको छ ।

समुह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : २९ बजे

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको