३ पुस २०८२, बिहिबार | December 18, 2025

धनुषामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या ३ पुग्यो



जनकपुर । धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थपिएको छ । कोरोना संक्रमणका कारण प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

टिबीबाट सिकिस्त भएका ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत साउन ८ गते अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा स्वाव दिएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो।

सोमबार राति उपचारकै क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

सोमबार राती मृत्यु भएका पुरुषुँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

गत आइतबार जनकपुरको विनय तारा फाउण्डेशन आस्पतालमा मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिकाका अस्पतालका सुरक्षागार्डको पीसीआर रिपोर्टमा सोमबार कोरोना पुष्टि भएको थियो ।

दुईसाता अघि धनुषाको शहिदनगर नगरपालिका डुमरियाका एकजना पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : ३८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका