१५ माघ २०८२, बिहिबार | January 29, 2026

दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी वेपत्ता



काठमाडौं । दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी वेपत्ता भएका छन् । जर्मन परोपकारी संस्था रेस्क्युशिपले सोमबार लाम्पेडुसा टापुमा डुबेर ५१ जनालाई बचाएको बताएको छ ।

चिकित्सा राहत उपलब्ध गराउने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले अर्को यस्तै घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिएको छ जसमध्ये २६ बालबालिका रहेको आशंका गरिएको छ ।

यो डुङ्गा लिबिया र टर्कीका आप्रवासीहरू लिएर गएको संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन् ।

लाम्पेडुसा नजिकै दुर्घटनामा परेका जहाजबाट उद्धार गरिएका मानिसहरूलाई इटालियन कोस्ट गार्डलाई हस्तान्तरण गरिएको छ र मृत्यु भएकाहरूलाई समुद्र तटमा पठाइएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसङ्घको मानवअधिकार सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय बाल निकाय युनिसेफले एक संयुक्त विज्ञप्तिमा “लिबियाको तटबाट निस्किएको यो जहाजमा सिरिया, इजिप्ट, पाकिस्तान र बंगलादेशका मानिसहरू सवार थिए’ भनेका छन् ।

भूमध्यसागर संसारको सबैभन्दा खतरनाक मार्गहरू मध्ये एक मानिन्छ । संयुक्त राष्ट्रसङ्घको तथ्यांकअनुसार सन् २०१४ यता यस रुटमा २३ हजार ५०० व्यक्ति या त मरेका वा बेपत्ता भएका छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : ०८ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण