१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन पक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ ।

विपद् पूर्वसूचना प्रणाली मातृभाषी समुदायका लागि पहुँचयुक्त बनाउन, स्थापित पूर्वसूचना प्रणाली तथा वर्षा मापन केन्द्रहरुलाई अद्यावधिक गर्न, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको प्रभावकारी कार्यान्वयमा जोड दिन संवदेशील हुन आयोगले सङ्घीय, प्रदेश र स्थानीय तहलाई आग्रह गरेको हो ।

वातावरण संरक्षण र विकासबीच सन्तुलन कायम गरी मानव अधिकारमुखी विकास पद्धतिको अवलम्बन गर्न तथा बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउने नीति तय गर्नुपर्छ’, आयोगद्वरा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘तराई मधेसको सीमावर्ती क्षेत्रमा भौतिक निर्माणबाट हुन सक्ने जोखिमको कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्न, विपद् व्यवस्थापनमा आवश्यक न्यूनतम प्राविधिक उपकरण उपलब्ध गराउन आयोग सरकारको ध्यानाकर्षण गराउँदछ।’

देशभर मनसुन प्रारम्भ भएसँगै यसवर्ष औषतभन्दा बढी वर्षा हुने र १८ लाखभन्दा बढी नागरिक प्रभावित हुने आकलनबाट नागरिकको  जीउधनमा पर्नसक्ने जोखिमप्रति ध्यान दिन सरकारलाई आग्रह गर्दै आयोगले मनसुनजन्य विपद्को न्यूनीकरण गर्न आग्रह गरेको छ।

आयोगले त्यसका लागि पूर्वतयारी, प्रतिकार्य तथा व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा रेडक्रसका अधिकारीहरुसँग परामर्श गरेको छ।नेपालमा पछिल्लो १० वर्षमा मनसुनजन्य विपद्को घटनाबाट तीन हजार ५२ जनाको मृत्यु, सात सय ९१ जना बेपत्ता रहेका पाइएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ४ : ३३ बजे

विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

नयाँदिल्ली । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका

बुटवलको बजार क्षेत्रमा एमालेको उत्साहजनक प्रदर्शनसहित घरदैलो (फोटो फिचरसहित)

बुटवल । नेकपा एमाले रुपन्देही क्षेत्र नं २ का उम्मेदार

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण

संविधानसभा सदस्य विनोद पहाडी एमाले प्रवेश, विष्णु पौडेलले गरे स्वागत

बुटवल । पूर्व संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश