९ माघ २०८२, शुक्रबार | January 23, 2026

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा दुई जना ठेक्का पाएका कम्पनिका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता हो । एक कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रतिवादीहरूमा मुख्यसचिव अर्यालसहित, अर्थ सहसचिव रितेश कुमार शाक्य, भन्सार विभागका टेकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेका छन् ।पौडेलविरुद्ध यसअघि पनि अख्तियारले सुरक्षण मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ र उनी हाल हिरासतमा रहेका छन् ।

त्यसैगरी आन्तरिक राजश्व विभागका गणेश विक्रम शाही, सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठसहित शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल र लेखा अधिकृत विष्णु प्रसाद गौतमलाई पनि प्रतिवादी बनाएको छ । त्यस्तैगरी कर्मचारीहरू हरि वल्लभ घिमिरे र शक्तिप्रसाद श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ ।

त्यस्तै अख्तियारले अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्स सेल र त्यसका निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ५ : ०३ बजे

सभापति निर्वाचित भएपछि कांग्रेस केन्द्रीय कार्यालयमा सभापति थापाको पहिलो प्रवेश

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन

व्यवस्थित र मर्यादित भएर संसद्को जिम्मेवारी पूरा गर्न राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा विघटनको वर्तमान

चितवनमा साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी

गोरखा-२ बाट डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गोरखा–२

नेकपा कालीकोटमा उम्मेदवार विवाद टुंगियो, जीवन बुढाले फिर्ता लिए उम्मेदवारी

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा देखिएको उम्मेदवारसम्बन्धी विवाद