१ पुस २०८२, मंगलबार | December 16, 2025

आगलागीले पूर्ण नष्ट भएको बुटवलको डेल्टा एजुकेशन मार्ट असार १६ गतेदेखि पुनः सञ्चालनमा आउने



बुटवल । आगलागीले पूर्ण रूपमा जलेर नष्ट भएको बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्ट प्रालि यहीँ असार तेस्रो सातादेखि पुनः सञ्चालनमा आउने भएको छ । मार्टका सञ्चालकले पहिलो चरणमा असार १६ गतेदेखि सञ्चालनमा आउने आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएका हुन ।

गएको शुक्रबार विद्युत सट भएर साँझ ६:३० बजेदेखि मार्टमा लागेको लागेको आगो १३ वटा बारुण यन्त्रले ८ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए ।

मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले आगलागीबाट ४५ करोड रूपैयाँको नोक्सान भएको बताए । ‘हामी पहिलो चरणमा यहीँ १६ गतेदेखि एजुकेशन र युनिफर्म सहितको सञ्चालन गछौं’ उपाध्यायले भने, ‘विस्तारै दशैसम्म, जुत्ताघर, लुगाघर र रेष्टुरेन्ट सञ्चालनमा आउछन ।’

मार्टका सञ्चालक चोलाप्रसाद पाठकले ग्राहक र विद्यार्थीप्रति मार्टले गरेको प्रतिबद्धतालाई डगमगाउन नदिने गरी मार्ट उठने बताए । उनले समयमा दमकल आएको भए आगोले मार्टका धेरै समान जोगाउन सकिने देखिएको पनि त्यो हुन नसकेको बताए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : ०१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज