१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

यस्तै, सुनसरीस्थित सप्तकोसीको चतारा र त्यस आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ०९ बजे

इरानका सर्वोच्च नेता खामेनी इजरायल-अमेरिकी आक्रमणमा मारिएको पुष्टि

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायल र

इरानद्वारा होर्मुज जलमार्ग बन्द, विश्व तेल आपूर्तिमा असर पर्ने चिन्ता

तेहरान । इरानले विश्वव्यापी तेल आपूर्तिको प्रमुख समुद्री मार्ग होर्मुज

निर्वाचन आउन ४ दिन बाँकी : निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई

पत्रकारलाई राजनीतिक पक्षधरता नदेखाउन पत्रकार महासंघको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निर्वाचनलाई स्वच्छ,

समाजवादको सङ्कल्प बोकेर पार्टी चुनावमा होमिएको छ, जनताको साथ चाहियो : संयोजक प्रचण्ड

रोल्पा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी