२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

अस्ट्रेलियालाई हराउदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा



काठमाडौं । भारत जारी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

भारतले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेदले सर्बाधिक ७६ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ तथा कुलदीप यादवले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले कप्तान रोहित शर्माको ९२ रनको ब्याटिंगको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।

यो जितपछि भारत सुपर आठको समुह ए बाट शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ र अब सेमिफाइनलमा जुन २७ मा इङल्याण्डसँग खेल्ने छ ।

त्यसैगरी यो हारपछि अस्ट्रेलियाको सेमिफाइनल यात्रा भने संकटमा परेको छ । अब मंगलबार बिहान हुने अफगानिस्तान र बंगलादेशको खेलपछि मात्र समुह १ बाट सेमिफाइनलमा पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ११ बजे

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा

चितवनबाट ग्यास सिलिन्डर धमाधम काठमाडौंमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका