२५ असार २०८३, बिहिबार | July 10, 2026

प्रदेश ५ मा गम्भिर प्रकृतिका संक्रमित बढ्दै, प्रदेशमा ४० बढी लक्षण सहितका संक्रमित, ८ जनाको अवस्था गम्भिर



बुटवल । प्रदेश ५ मा पछिल्लो हप्ता गम्भिर खालका कोरोना संक्रमित भेटिएका छन् ।

अघिल्लो महिनासम्म लक्षण नभएका संक्रमित पुष्टि हुने गरेकोमा गत साताबाट लक्षणसहित गम्भिर प्रकृतिका संक्रमित देखिन थालेका हुन् ।

प्रदेश राजधानी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना अस्पतालमा कोरोना संक्रमित सिकिस्त बिरामीको उपचार भईराखेको छ ।

बुटवलस्थित धागो कारखानमा रहेको कोरोना अस्पतालको आईसीयूमा ७ जना कोरोना संक्रमित सिकिस्त अवस्थाका बिरामीहरुको उपचार भईरहेका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। राजेन्द्र खनालले बताएका छन् ।

खनालका अनुसार बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुका ४२ बर्षका पुरुष भेन्टिलेटरमा छन् भने कपिलवस्तुकै तौलिहवा, कृष्णनगर, बुद्धभूमिका ४ जना आईसीयूमा छन् । त्यसैगरि दाङका १ रुपन्देहीका १ र नवलपरासीका १ जना पनि आईसीयूमा राखेर उपचार भैरहेको छ ।

संक्रमितहरुको अस्पतालको क्रिटिकल केयर टीमले सघन उपचार गरिराखेको डा। खनालले बताए ।

बुटवलको कोरोना अस्पतालमा १८ वटा आईसीयू र ४ भेन्टिलेटरको सुबिधा उपलब्ध छ ।

उता बाँकेमा पनि २८ जना लक्षण सहितको संक्रमित भेटिएका छन् । उनीहरुलाई ज्वरो आउने, खोकी लाग्ने र कसैकसैलाई झाडापखाला समेत लाग्ने गरेको छ ।

बाँकेमा लक्षण सहितको संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालमा राखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

मंगलबार सांझ मात्र कपिलवस्तु नगरपालिकाको वडा नम्बर १ मा एकैपटक ११ जना कोरोना संक्रमित थपिएका छन्।

नगरपालिकाको वडा नम्बर १ स्थित तौलिहवा बजारमा विभिन्न पेशा गर्दै आएका ११ जना संक्रमित थपिएका हुन् ।

तौलिहवाको हाटबजारमा मासु पसल सञ्चालन गर्दै आएका ३ जना, सुन पसले ३ जना, किराना पसलका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार औषधी सप्लायर्स १ जना, सामग्री ढुवानीकर्ता १ जना, फोटोकपी तथा फ्याक्स प्रिन्टका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि पनि तौलिहवा बजारकै पान पसले, किराना पसले, जुत्ता चप्पल पसले, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, विद्युतका कर्मचारी, बैंकका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतमा संक्रमण देखिएको थियो।

कपिलवस्तुको तौलिहवामा पनि कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था बिग्रदै गएपछि स्थानीय ३ जना गम्भीर अवस्थामा पुगेका छन् । उनीहरु मध्य १ जनाको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा र बाँकी २ जनाको बुटवलमा उपचार भैरहेको छ।

प्रदेश नम्बर ५ मा मंगलबारसम्म १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ९ : ४४ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट