१४ असार २०८३, आइतबार | June 28, 2026

संसदीय अभ्यासको झल्को दिने नमुना युवा प्रदेश सभा



बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय नमुना युवा प्रदेश सभा अभ्यास आज सम्पन्न भएको छ । जेठ ८ गते देखि सुरु भएको संसदिय अभ्यास कार्यक्रम आज समापन भएको हो । ४ दिने सम्म चलेको उक्त कार्यक्रम लुम्बिनी प्रदेशका सबै स्थानिय तहको गाउँसभा बाट छनौट भएर आएका ४२ जना युवाहरुको सहभागीता रहेको थियो ।

युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था अभ्यास र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि राष्ट्रिय युवा परिषद्को समन्वय र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले ४ दिने नमुना युवा प्रदेश सभा(२०८१ संचालन गरिएको हो ।

भेलाको समापन कार्यक्रमलाई संबोधन गर्दै प्रदेश युवा परिषद्का उपाध्यक्ष गोविन्द बहादुर खत्रीले युवाहरुको क्षमता र योग्यता पहिचान गरी मेरो देश म बनाउँछु भन्ने उद्धेश्यले समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न अनुरोध गरे ।

हरेक देशमा भएका आर्थिक ,सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएको बताउँदै उनले राष्ट्र निर्माणमा सबै उमेर अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील सहभागी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संवैधानिक पदमा रहेका लुम्बिनी प्रदेश सांसद तथा पूर्व संबिधान सभा सदस्य, पूर्वमन्त्री ईन्द्रजीत थारुले लोकतान्त्रिक प्रणाली शासकिय स्वरुप र राज्य संचालनको प्रक्रिया,सरकार निर्माण प्रक्रिया ,बजेट निर्माण , प्रदेश सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका विच अन्तर सम्बन्ध लगायतका विषयमा सहजीकरण गरेका थिए ।

सहभागिहरुका अनुसार यस संसदिय अभ्यास कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनितिक र लोकतन्त्रीक प्रणालिहरुका बारेमा विस्तृत ज्ञान लिन पाएको बताएका छन् । यस सँगै संसदिय अभ्यास गर्दै गर्दा आफुमा क्षमता अभिबृद्धि , भाषण कला, आत्मबल तथा राज्य र राजनितिक ज्ञान(सिपको विकास भएको महसुस भएको बताए ।

युवाहरुलाई नमुना युवा प्रदेश सभा अभ्यासका विभिन्न सत्रमा सामाजिक विकास मन्त्रालयका कर्मचारी डम्बर खराल, प्रशिक्षक प्रकाश उपाध्याय, परिषद्का सदस्य रिया बस्नेत र सरोज खनाल लगायतले बोल्दै यस्ता कार्यक्रमहरुले, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघियता र युवाका मुद्दा, सरकारले युवाको नेतित्व बिकास ,लोकतान्त्रिक शासन प्रणाली सुशासन सम्बन्धी युवा शंसक्तिकरणका लागी सैद्धान्तिक र व्यबहारिक अभ्यास स्वरुप नमुना युवा सासंद अभ्यासको अबधारण संघीय सरकारले ल्याएको बताए ।

युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १० : ०० बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा