२० माघ २०८२, मंगलबार | February 3, 2026

सरकारसँग सहमतिपछि घर फर्कियो रुवी खान नेतृत्वको टोली



काठमाडौं । अधिकारकर्मी रुवी खान नेतृत्वको अनसनरत टोली सरकारसँग सहमतिपछि घर फर्किएको छ ।

बाँकेमा भएको निर्मला कुर्मी र सुमदरानी थारु मृत्यु घटनाका सम्बन्धमा विभिन्न माग राखी उनीसहित १६ जना माइतीघरमण्डलामा अनशन बसिरहेका थिए । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा असोज १० गते अनसनरत टोलीसँग वार्तापछि सरकारसँग पाँचबुँदे सहमति भएको थियो । सहमतिपछि खानको टोली आज गृह जिल्ला बाँके फर्किएको छ ।

टोलीले निर्मला कुर्मीको अपहरण, शरीर बन्धक, कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा प्राथमिकताका साथ अनुसन्धान पार्नुपर्ने, यसअघि गठित विभिन्न छानबिन समितिका प्रतिवेदनका सिफारिस यथाशीघ्र निरुपण गर्नुपर्ने, नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लिखित निर्देशनपत्र पठाउनुपनलगायत माग राखेर आन्दोलन गरिरहेको छ ।

“सरकारसँग विभिन्न मागसहित चौथो पटक वार्ता र सहमति भयो तर तेस्रो पटकको सहमति पूर्णरुपमा कार्यान्वयन भएको छैन”, महिला अधिकारमञ्चकी अध्यक्षसमेत रहेकी खानले भनिन्, “अबको सहमतिपछि सरकारले न्याय दिन्छ भन्ने पूर्ण विश्वासका साथ घर फर्किएका छौँ, अब फेरि आन्दोलन गर्नुपर्दैन होला भन्ने हाम्रो विश्वास छ ।”

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : १८ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र