२० असार २०८३, शनिबार | July 4, 2026

बाँकेकी निर्मला कुर्मीलाई न्याय दिलाउन काठमाडौंमा पैदल मार्च



काठमाडौँ । बाँकेकी एकल महिला निर्मला कुर्मी हत्या प्रकरणका मुख्य अभियुक्त रहेका बादशाह कुर्मीलाई प्रदेश सरकारको मन्त्री पदमा नियुक्त गरेको विरोधमा जारी आन्दोलनका क्रममा आज माइतीघरदेखि बालुवाटारसम्म पैदलयात्रा आयोजना गरिएको छ ।

बाँकेबाट काठमाडौं पुगेर आन्दोलन गरिरहेका रुबी खान सहितका आन्दोलकारी महिलाहरुलाई आइतबार महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज लगायतका सङ्घ संस्थाले एक्यवद्धता जनाउँदै पैदलयात्रामा सहभागी भएका हुन् ।

पैदल मार्चलाई बृहत् नागरिक आन्दोलनले समेत ऐक्यबद्धता जनाएको छ । बाँकेकी निर्मलाको हत्यामा संलग्न रहेको आरोप लागेका कांग्रेस नेता बादशाहलाई नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री बनाएको छ ।

विगतमा उनीमाथि लागेको अपराधको आरोपबारे छानबिन गर्न र दोषीहरूलाई न्यायको कठघरामा उभ्याउन राज्यले गरेको आनाकानीका विरुद्ध विगतदेखि रुवी खान लगायतका अधिकारकर्मीहरूले पटक पटक आन्दोलन तथा अनसन गर्दै आएका छन् । हरेक आन्दोलनमा गृहमन्त्रालयले छानबिनको दायरामा ल्याउने लिखित सहमती जनाँदै आएको छ ।

बादशाह गृह मन्त्रालयको छानबिन समितिले समेत अनुसन्धान गर्नका लागि सिफारिस भैसकेका व्यक्ति हुन् ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ३ : १८ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि