१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

पाकिस्तानी दूतावासबाट निबन्ध लेखन र भाषण प्रतियोगिताका प्रतियोगीलाई पुरस्कार वितरण



काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले निवन्ध लेखन र भाषण प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।

दूतावासले ११औं एम्बेस्डर अफ पाकिस्तान निबन्ध लेखन प्रतियोगिता र सातौं एम्बेसडर अफ पाकिस्तान भाषणकला प्रतियोगिता आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरे ।

निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्ण, रजत र कास्य पदकसहित स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो । यस्तै १२ उत्कृष्ट सहभागी विद्यार्थीलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिएको थियो ।

यस वर्षको निबन्ध लेखन प्रतियोगिताको विषय “क्षेत्रीय कनेक्टिभिटी इज एसेन्स अफ दि इकोनोमिक डेभलपमेन्ट एन्ड सोशल उत्थान – दक्षिण एसियाली देशका सम्भावनाहरू” थियो ।

यसैगरी, दक्षिण एशियाको आर्थिक विकासमा महिलाको भूमिकाू विषयक भाषणकलाका सहभागीहरु पुरुष र महिला विद्यार्थीहरुले पनि आफ्नो तर्कपूर्ण व्याख्या गरेका थिए । उत्कृष्ट तीन विद्यार्थीहरुलाई पदकसहित स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो । यसैगरी १३ उत्कृष्ट विद्यार्थीहरूले पनि स्मृति चिन्ह र नगद पुरस्कार प्राप्त गरेका छन्।

दुई प्रतियोगितामा ३५ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थीसम्म नेपाली विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विगत दुई सातादेखि चरणबद्ध रुपमा प्रतियोगिता सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा भोला थापाले पाकिस्तानले विशेषगरी शिक्षाको क्षेत्रमा निरन्तर सहयोग र प्राविधिक सहयोगलाई अगाडि बढाउनु भएकोमा प्रशंसा गरे । उनले पाकिस्तानको यस्ताखाले कार्यक्रमले दुई देशका युवाहरूलाई साझा दृष्टिकोणको स्मरण गराउन सहयोग पुर्याउने आशा व्यक्त गरे ।

राजदूत अबरार एच हाश्मीले महत्वपूर्ण विषयहरूमा आलोचनात्मक सोचका साथ विद्यार्थीहरूले गरेको प्रयासको प्रशंसा गरे। उनले दुई देशबीचको युवा अन्तरक्रिया सम्बन्धको सेतु भएको बताए ।

यी दुई प्रतियोगिता क्रमशः विगत ७ र ११ वर्षदेखि सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ४० बजे

बोले पूर्णबहादुर खड्का : पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । निर्वाचनको मिति आउन ४ दिन बाँकी रहँदा नेपाली

पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

अदानचुली । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए , २१ ले मात्र खोले

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१