७ आश्विन २०८३, बुधबार | September 23, 2026

म्यानमाको बाढीमा हजारौँ बासिन्दाहरू फसे घरभित्रै



याङ्गन । उत्तरी म्यानमामा बाढीका कारण हजारौँ बासिन्दाहरू घरभित्रै फसेका र बिजुली र फोन लाइनहरू काटिएको स्थानीय सञ्चारमध्यमले मङ्गलबार जनाएको छ ।

राज्य मौसम कार्यालयले थप भारी वर्षाको चेतावनी दिएको छ ।

राज्य सञ्चारमाध्यमले उत्तरी काचिन राज्यको सहर माइटकिनामा केही दिनको भारी वर्षाका कारण अय्यारवाडी नदीमा आएको बाढीले खतरा बढेको बताएको छ ।

“पानीको स्तर तीव्र रुपमा बढिरहेको छ। धेरै बासिन्दाहरू अझै पनि आफ्नो घरभित्र फसेका छन् । सहरमा इन्धनको अभाव छ र उद्धारकर्ताहरूले मोटर डुङ्गाबाट मानिससम्म पुग्न धेरै कठिनाइको सामना गरिरहेका छन्”, माइटकाइनाका एक बासिन्दाले आइतबारदेखि बिजुली र फोन नेटवर्क बन्द भएको बताए ।

स्थानीय सञ्चारमाध्यमले प्रदर्शन गरेको तस्बिरहरूमा बाढीका कारण डुबानमा परेका भवनहरू र टाउकोमाथि आफ्नो सामान बोकेर बसेको ठाउँभन्दा अन्यत्रै गइरहेका बासिन्दाहरुको दयनिय अवस्था देखाइएको थियो ।

वर्षाको मौसममा सामान्यतया दक्षिणपूर्वी एसियाली देशमा महिनौँसम्म भारी वर्षा निम्त्याउछ तर मानव निर्मित जलवायु परिवर्तनले मौसमको ढाँचालाई अझ तीव्र बनाएको वैज्ञानिकहरूले बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : ५० बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि