२८ चैत्र २०८२, शनिबार | April 11, 2026

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्यअवस्था नाजुक, छोरीले लेखिन भावुक पत्र



कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदै गएको छ ।

पिता मुखर्जीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि चिन्तित छोरी शर्मिष्ठा मुखर्जी ने बुधवार पिताको लागि भावुक सन्देश लेखेकी छिन् ।

शर्मिष्ठाले भगवानसँग भरोसा रहेको भन्दै उनले जे बाटो देखाउँछन् त्यही हुने उल्लेख गरेकी छिन् । त्यसका लागि आफुलाई हिम्मत दिन उनले भगवानसँग प्राथना गरेकी छिन् ।

शर्मिष्ठाले पिता प्रणब मुखर्जीका लागि प्राथना गर्दै एक वर्ष पुरानो कुराको सम्झाना गरेकी छिन् । उनले ट्वीट गर्दै गतवर्ष यही समयमा उनलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित गरिएको स्मरण गरेकी छिन् ।

तर, ठीक एकवर्षपछि आफ्ना पिता गम्भीर बिरामी भएका कारण आफु दुखित भएको उनले जनाएकी छिन् ।

शर्मिष्ठाले ट्वीटमा लेखेकि छिन्, ‘गतवर्ष ८ अगष्टका दिन मेरो जिन्दगीको सबैभन्दा खुशीको दिन थियो । जब मेरो पितालाई भारत रत्न मिलेको थियो । अब एक वर्षपछि १० अगष्टमा उहाँ गम्भीर बिरामी हुनुभएको छ । भगवान उहाँको लागि राम्रो गर्नुहोस र मलाई जिन्दगीको सुख दुःख स्वीकार गर्ने क्षमता दिनुहोस । म प्राथना गर्दछु ।’

पूर्व राष्ट्रपति मुखर्जीलाई १० अगष्टमा एक सैनिक अस्पतालमा भर्ना गरिएको थियो जहाँ मुखर्जीलाई बचाउन मस्तिष्कको एक भागको इमरजेन्सी अपरेशन गरिएको थियो । अपरेशन पछि अस्पतालले मुखर्जीको अवस्था चिन्ताजनक रहेको बताउँदै भेन्टिलेटरमा राखिएको जनाएको थियो ।

यसअघि सोमबार नै पूर्वराष्ट्रपति मुखर्जीले ट्वीट गर्दै आफुलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ५३ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र