४ पुस २०८२, शुक्रबार | December 19, 2025

राज्यले नहेरेको भन्दै बाढीपिडितका लागि राहत जुटाउँदै उद्योग बाणिज्य संघ बाजुरा



बाजुरा । बाजुरा जिल्लामा गत आईतबार आएको बाढी पहिरोमा विस्थापित भएका पिडित परिवारहरुका लागि राहत जुटाउन सुरु गरिएको छ ।

बाजुरा उद्योग बाणिज्य संघको अगुवाईमा सदरमुकाम मार्तडीमा रहेका व्यापारीहरूबाट जिल्लाका बाढीपहिरो पिडितका लागि राहत जुटाउन सुरु गरिएको हो ।

बाढी पिडितका लागि संकलन हुने खाद्यन्न, नगद र जिन्सि सामाग्रीहरु सम्वन्धित ठाउँका बाढि पिडितका लागि वितरण गरिने बाजुरा उद्योग बाणिज्य संघका अध्यक्ष देववहादुर रोकायाले बताए । बिगतका वर्षहरु भन्दा यस वर्ष बर्षा र बाढी धेरै आएका कारण बाढि पिडितहरूको निकै विचल्लिमा परेको उनले बताए ।

अध्यक्ष रोकायाले पिडित परिवारका लागि खाद्यान्न र बसोबास का गर्ने र पिडित परिवारको खानपानका सम्बन्धमा स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकार मौन रहेको अध्यक्ष रोकायाले आरोप लगाए ।

रोकायाका अनुसार पिडित परिवारका लागि तत्कालिन राहतको लागि उद्योग बाणिज्य संघ र सदरमुकाममा रहेका ब्यापारिको सहयोगमा राहात संकलन गर्न लागिएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ३३ बजे

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया