१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

बुटवलको संगमपथमा दुई पसलमा आगलागी, एक करोड चालिस लाख बढीको क्षती



बुटवल । बुटवलको संगमपथमा गयराती दुई पसलमा आगलागी भएको छ । संगमपथस्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा रहेको ज्ञवाली गिफ्ट पसल र जी फेन्सी स्टोरमा भएको आगलागीबाट १ करोड ४० लाख भन्दा बढीको क्षती भएको जी फेन्सी स्टोरका सञ्चालक शंकर ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार जी फेन्सी स्टोरको मात्रै १ करोड १० लाख बढीको क्षती भएको छ । त्यस्तै ज्ञवाली गिफ्ट पसलको ३० लाख बढी क्षेती भएको छ । राती करिव २ बजेको समयमा ज्ञवाली गिफ्ट पसलबाट सुरु भएको आगलागिका कारण संगै रहेको जी फेन्सी स्टोर समेत जलर पुर्णरुपमा क्षती भएको छ ।

तत्काल स्थानीय, प्रहरी तथा बुटवल उपमहानगरपालिकाको दमकलको सहायताले करिव २ घटामा आगो नियन्त्रणमा लिईएको भएपनि आगलागि भएको दुई पसलमा पूर्ण रुपमा क्षती भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

के कती कारणले आगलागि भयो यकिन नभएपनि विद्युत सर्किट सट भएको हुनसक्ने अनुमान गरिएको छ । पसलमा भएको आगलागि नियन्त्रण हुन नसकेको भए त्यसबाट ठूलो क्षती व्यहोर्नुपर्ने स्थानीय समेत रहनुभएका बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।

संघमा अध्ययन समिति गठन

संघको भवनमा रहेका पसलमा आगलागी भएपछि आकस्मिक रुपमा बसेको संघका पूर्वअध्यक्ष सहितको कार्यसमिति बैठकले आगलागिका सम्वन्धमा अध्ययन समिति गठन गरिएको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगलागिको विषयमा अध्ययन गरी राय सुझाव दिनको लागि वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिको सदस्यमा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई रहेका छन ।

त्यस्तैगरी आगलागी भएका सटरलाई मर्मत सम्भार गरी तत्काल ती व्यवसायलाई पुनःस्थापित गर्ने वातावरण मिलाउन संघका महाससचिव मुक्तिप्रसाद अधिकारीको संयोजकत्वमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल र सचिव प्रतिक पोखरेल सदस्य रहेको समिति गठन गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ४ : ३० बजे

होलीको शुभकामना दिँदै प्रचण्डले भने-‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार

काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया)

भक्तपुर-२ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भक्तपुर । वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने