९ पुस २०८२, बुधबार | December 24, 2025

बुटवलको संगमपथमा दुई पसलमा आगलागी, एक करोड चालिस लाख बढीको क्षती



बुटवल । बुटवलको संगमपथमा गयराती दुई पसलमा आगलागी भएको छ । संगमपथस्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा रहेको ज्ञवाली गिफ्ट पसल र जी फेन्सी स्टोरमा भएको आगलागीबाट १ करोड ४० लाख भन्दा बढीको क्षती भएको जी फेन्सी स्टोरका सञ्चालक शंकर ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार जी फेन्सी स्टोरको मात्रै १ करोड १० लाख बढीको क्षती भएको छ । त्यस्तै ज्ञवाली गिफ्ट पसलको ३० लाख बढी क्षेती भएको छ । राती करिव २ बजेको समयमा ज्ञवाली गिफ्ट पसलबाट सुरु भएको आगलागिका कारण संगै रहेको जी फेन्सी स्टोर समेत जलर पुर्णरुपमा क्षती भएको छ ।

तत्काल स्थानीय, प्रहरी तथा बुटवल उपमहानगरपालिकाको दमकलको सहायताले करिव २ घटामा आगो नियन्त्रणमा लिईएको भएपनि आगलागि भएको दुई पसलमा पूर्ण रुपमा क्षती भएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

के कती कारणले आगलागि भयो यकिन नभएपनि विद्युत सर्किट सट भएको हुनसक्ने अनुमान गरिएको छ । पसलमा भएको आगलागि नियन्त्रण हुन नसकेको भए त्यसबाट ठूलो क्षती व्यहोर्नुपर्ने स्थानीय समेत रहनुभएका बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।

संघमा अध्ययन समिति गठन

संघको भवनमा रहेका पसलमा आगलागी भएपछि आकस्मिक रुपमा बसेको संघका पूर्वअध्यक्ष सहितको कार्यसमिति बैठकले आगलागिका सम्वन्धमा अध्ययन समिति गठन गरिएको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगलागिको विषयमा अध्ययन गरी राय सुझाव दिनको लागि वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिको सदस्यमा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई रहेका छन ।

त्यस्तैगरी आगलागी भएका सटरलाई मर्मत सम्भार गरी तत्काल ती व्यवसायलाई पुनःस्थापित गर्ने वातावरण मिलाउन संघका महाससचिव मुक्तिप्रसाद अधिकारीको संयोजकत्वमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल र सचिव प्रतिक पोखरेल सदस्य रहेको समिति गठन गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ४ : ३० बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना