९ पुस २०८२, बुधबार | December 24, 2025

जानकीनगरमा बसको ठक्करबाट आमा छोरा गम्भीर घाइते



बुटवल । बुटवल बेलहिया सडक अन्तर्गत तिलोत्तमाको जानकीनगरमा बसको ठक्करबाट आमाछोरा गम्भीर घाइते भएका छन् । आज मध्यान्ह २ बजेको समयमा तिलोत्तमा नगरपालिका वडा न.३ जानकीनगर स्थित बुटवल बेलहिया सडकमा लु २ ख ६८८८ नं को बसले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिंदा गुल्मी दरबार ६ घर भई हाल तिलोत्तमा(२ शंकनगर स्थित डेरा गरी बस्ने ३० बर्षीय रुपा खत्री र उनको छोरा ३ बर्षीय प्रिन्स खत्री घाईते भएका हुन्।

घाइते भएकी रुपा खत्रीलाई उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको छ । उनको टाउको र शरिरमा चोटलागेको र अवस्था गम्भीर रहेको रुपन्देही प्रहरीले जनाएको छ। प्रहरकिा अनुसार छोरा प्रिन्सको चौराहा अस्पताल उपचार भइरहेको छ । प्रहरकिा अनुसार उनको टाउकोमा चोट लागेको छ।

दुर्घटनाको थप अनुसन्धानका लागि बस र बस चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : ०८ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना