२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राप्ती नदीको जल सतहले खतराको रेखा नाघ्यो



नेपालगन्ज । दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल सतहले खतराको रेखा पार गरेको छ । आज बिहान १०ः३० बजेको मापनमा नदीको जल सतह खतराको बिन्दु पार गरेको हो ।

आज बिहान १०ः३० बजेको मापनमा ५ दशमलव ७५ मिटर माथि नदीको सतह पुगेको पश्चिम राप्ती कुसुम बाढीमापन केन्द्रले जनाएको छ । नदीको जल सतह बढ्दो क्रममा रहेकोले बाँके जिल्लाको नदी तटीय क्षेत्रमा रहेका स्थानीयले आज साँझ सम्म उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।

राप्ती नदीको जल सतहलाई ५ मटिरको रेखा सम्म सामान्य र त्य माथि पुगेको अवस्थामा खतराको संकेतकारुपमा लिने गरिएको छ । बाँकेका राप्ती तटीय क्षेत्रमा हरेक वर्ष डुबान तथा खेतीयोग्य जग्गा कटानको समस्या रहँदै आएको छ । विशेष गरि भारतले लक्ष्मणपुर बाँधका नाममा चौधरी चरण सिंह ब्यारेर र कलकलवा तटबन्ध निर्माण गरेदेखि तटीय क्षेत्रमा डुबानको समस्या देखिन थालेको हो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ११ : ५६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले