१९ माघ २०८२, सोमबार | February 3, 2026

बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा



दाङ । बाढीमा परी यहाँ एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । दर्जनौँ घर डुबानमा परेका छन् ।

आज बिहान राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने खोलाले ट्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

लमहीबाट दूध बेचेर फर्किंदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए । बाढीमा फसेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार गरिएको उनले बताए ।

त्यसैगरी गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए । खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्र्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको उहाँले जानकारी दिए ।

अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाउँपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् । सशस्त्र प्रहरी नेपाल प्रहरीले डुबानमा परेकाहरुलाई उद्धार गरिरहेको छ । सेवार खोलाको बाढीले ‘डाइर्भसन’ बगाउँदा घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ३ : ४९ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली