१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र



दार्चुला । बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ ।

पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए ।

आज बिहानैदेखि सडक डिभिजन कार्यालय पाटनले पहिरो पन्छाउने काम गरिरहेको छ । लगातारको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको उनले बताए । दार्चुलामा चार दिनदेखि पानी परिरहेको छ । -रासस

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : ४७ बजे

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि