१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

डुबानमा परेकाको उद्धारमा सुरक्षा फौज



काठमाडौँ । निरन्तरको अविरल वर्षाकाकारण देशका विभिन्न ठाउँमा डुवानमा परेकाको स्थानीय तह र सुरक्षा फौजको समन्वयमा सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–८ गोइँसारस्थित टेङ्गा खोलाको बाँध भत्किएर जोखिममा परेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपालका नायब उपरीक्षक एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

त्यसक्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राजस्व प्रहरी इकाई इटहरी, नेपाली सेना, नेपाल प्रहरी तथा नगर प्रहरीसहितको टोलीले बाँध बाँध्ने कार्य गरिरहेको उनले जानकारी दिए। त्रियुगा नदीमा जलसतह बढ्दा डुबानमा परेका सप्तरीको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरको सुकुम्वासी बस्तीका १६ घरपरिवारलाई सुरक्षा बेस फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको जनाइएको छ ।

झापाको झापा गाउँपालिका–२ स्थित सुगाँबथानमा माई खोलामा पानीको सतह बढ्दा डुवानमा परेका १० घरपरिवारलाई बिओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको पनि बलले जनाएको छ । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला नदीमा पानीको सतह बढ्दा नदीको बीच भागमा अड्किएका पाँचजनाको सुरक्षा बेस कल्याणपुर र सुरक्षा बेस दुवरकोटको टोलीले सकुशल उद्धार गरेको छ ।

वर्षाका कारण अवरुद्ध काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा–कात्तिके सडक सशस्त्र प्रहरीले आजदेखि सञ्चालनमा ल्याएको छ । त्यस सडक खण्डको खहरे ठाडो खोल्सामा आएको बाढीले एकतर्फी सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लप्सीफेदीबाट खटिएको सुरक्षा फौजले पूर्णरुपमा सञ्चालनमा ल्याएको सह प्रवक्ता थापाले जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ३ : ०४ बजे

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको