४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा: न जुट्न सक्ने, न फुट्न सक्ने; धेरै दिनपछि ओली-प्रचण्ड भेट



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेट भएको छ ।

पार्टीभित्रको अन्तरविरोध गत असार १६ गतेपछि चरमोत्कर्षमा रहेको बेलामा दुई अध्यक्षबीच भेट भएको हो ।

दुईजनाबीच लामो समयदेखि औपचारिक सम्वाद भएको थिएन । यद्यपी, टेलिफोनमा भने कुराकानी भैरहेको स्रोतले बताएको छ ।

अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

आजको भेटमा पार्टीभित्र रहेको सम्वादहिनताको अवस्थालाई अन्त्य गर्दै बैठक सुचारू गर्नेबारेमा छलफल भएको बताइएको छ ।

गत असार १० गतेबाट सुरू भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ गतेबाट चरम विवाद सुरू भएको थियो ।

अध्यक्ष प्रचण्डसहित प्रचण्ड-नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री र अध्यक्षपदबाट ओलीको राजिनामा मागेपछि बैठक भाँडिएको थियो । त्यसपछि बारम्बार बैठक बस्ने मिति तय भएपनि अवरूद्ध हुँदै आएको छ ।

गत साउन १३ गते बोलाइएको बैठक ओलीले एकपक्षीय रूपमा स्थगित गरेपछि त पार्टीभित्रको भाँडभैलो झन
झाङ्गिएको थियो ।

यसबीचमा पार्टी बैठक बस्न नसकेपनि दुई समुहका बैठकहरू भने निरन्तर बसिरहेका छन् ।

ओली समुहले मदन भण्डारी फाउन्डेशनका नाममा तल्लो तहका कार्यकर्तासम्म भेला गरिरहेको छ । यस्तै, प्रचण्ड-नेपाल समुहले पनि प्रदेशस्तरका केन्द्रीय नेताहरूसम्म छलफललाई अघि बढाएका छन् ।

यतिबेला नेकपाका शिर्ष नेताहरू न त फुट्न सक्ने, न त मिल्नसक्ने अवस्थामा रहेका छन् ।

पार्टीमा फुट र विभाजनकारी सोचविरूद्ध एकता पक्षधर नेता, कार्यकर्ता र सांसदहरूको दबाब बढ्दै गएपछि दुबै पक्षका नेताहरू अलमलमा परेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ११ : ५६ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ