२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

एनआईसी एसियाले भाखा नागेका ऋणीहरुलाई साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने



काठमाडौ । एनआईसी एसिया बैंकले भाखा नागेका ऋणीहरुलाई साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने भएको छ ।

बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले यस्तो योजना ल्याएको जनाएको छ । जसअनुसार बैंकले २०८० चैत्र मसान्तसम्ममा एक वर्ष भन्दा बढी भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा रकम यही आषाढ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

यस्तै भाखा नाघेको ९१ दिनदेखि १८० दिन र १८१ दिनदेखि ३६५ दिनसम्म भएका ऋणीले साधारण ब्याज रकममा क्रमशः १५ र २५ प्रतिशत छुट पाउनेछन् । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ४९ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न