१० पुस २०८२, बिहिबार | December 25, 2025

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना



बारा । कलैया उपमहानगरपालिका-१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेको बससँगै बेपत्ता छिन ।

रेडियोग्राफीको तालिमपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरका रूपमा कार्यरत उनी परिवारको सहारा थिइन । जागीरे भए पनि उनी सन्तुष्ट थिइनन्, त्यसैले थप कमाइका लागि विदेश जान भनेर उनी परीक्षाका लागि काठमाडौं जाँदै थिइन तर काठमाडौं नपुग्दै त्रिशूलीमै बेपत्ता भइन । योसँगै उनको परिवारको सपनासमेत त्यही अस्ताएको छ ।

सृष्टिका बुबा जगदीशप्रसाद यादवले जापान जान परीक्षा दिन काठमाडौं गएकी छोरी शुक्रबार बससँगै त्रिशूलीमा बेपत्ता भएको बताए । तिन दिनदेखि दुर्घटनास्थलमा रहेका उनी भन्छन, “छोरी काठमाडौं गएको १० बजे राति कुरा गरेर बुबा म काठमाडौं जाँदैछु, परीक्षा दिएर भाइसँग भेट गरेर फर्किन्छु, त्यहाँ पुगेपछि म हजुरसँग कुरा गर्छु भन्थि तर त्यसअघि नै त्रिशूलीमा अस्ताइन् ।”

छोरीको शवको पर्खाइमा जगदीश रातदिन त्रिशूली नदीको किरानामा भौतारिरहेका छन । “छोरीको सपना पूरा भएन, उसँगै हाम्रो सपना पनि त्रिशुलीले बगायो तर अब अन्तिम इच्छा छ छोरीको शव भेटाएर आफ्नो संस्कारअनुसार दाहसंस्कार गर्न पाइयोस्”, उनको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ७ : ०४ बजे

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा यसपटक