चितवन । चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेका दुई वटा बस र त्यसका यात्रुको खोजी कार्य आज पनि जारी छ ।
आज पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितका सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको छ । नारायणी नदीमा हिजो तीन जनाको शव फेला परेको थियो । तीमध्ये दुई जना सोही बसका यात्रु रहेको पुष्टि भएको छ ।
हिजो बिहान भरतपुर-२८ गोलाघाटस्थित नारायणी नदीमा एउटा शव फेला परेको हो भने नवलपुरको गैंडाकोट-७ स्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो । अन्यको यात्रुको खोजी जारी छ ।



















प्रतिक्रिया