१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

त्रिवेणीको गण्डक ब्यारेजमा भेटियो दुई शव



नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीस्थित गण्डक ब्यारेजमा दुई वटा शव फेला परेको छ । नारायणी नदीलाई बाँध बाधेर सिँचाइका लागि पानी लगेको ठाउँमा आज साँझ दुई वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई पुरुषको शव फेला परेको हो ।

शव भेटिएको स्थानमा त्रिवेणी चौकीबाट प्रहरी नायब निरीक्षक महेश रायमाझीको नेतृत्वमा पाँच जना तथा इलाका प्रहरी कार्यालय दुम्कीवासबाट प्रहरी निरीक्षक पदम थापाको नेतृत्वमा छ जनाको प्रहरी टोली परिचालन गरिएको पौडेलले बताए ।

दुवै शव शुक्रबार बिहान चितवनको भरतपुर–२९ सिमलतालबाट पहिराले बगाएको बसको यात्रु हुनसक्ने आशङ्का गरिएको छ । शवको पहिचान खुल्न सकेको छैन । शवबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ४० बजे

राष्ट्रपतिबाट एक अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको

बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र