२ पुस २०८२, बुधबार | December 17, 2025

मध्यरातीबाट बुटवलमा लकडाउन सुरु, के गर्न पाईन्छ ? के गर्न पाईंदैन (सुची सहित)



बुटवल । प्रदेश ५ को अस्थायी राजधानी बुटवल उपमहानगर क्षेत्रभित्र बिहीबार राती ११ः४५ देखि लकडाउनको अवधि सुरु भएको छ । भदौ ५ गते राती ११ः४५ बजे सम्म जारी रहने लकडाउनलाई कार्यान्वयन गर्न शुक्रबार बिहानै देखि बुटवलमा सुरक्षाकर्मीहरुलाई बाक्लो तैनाथ गरिएको छ ।

उपमहानगरले घोषणा गरेको लकडाउन अवधि सुरु भईसकेपनि शुक्रबार बिहान मर्निङवाक गर्ने र अनावश्यक हिँड्नेहरु सडकमा देखिए । बिहानै देखि सुरक्षाकर्मीले उनीहरुलाई सम्झाउने बुझाउने काम गरिरहेका थिए ।

उपमहानगरले जारी गरेको लकडाउनमा राजपत्रका उल्लेख गरिएका अत्यावश्यक सेवा बाहेकका काम कारवाहीहरु पूर्णरुपमा बन्द हुने उपमहानगरले जनाएको छ । संघिय मन्त्रिपरिषदले स्थानीयतहलाई लकडाउन गर्न सक्ने निर्णय गरेसँगै बुटवल उपमहानगरले उपमहानगर क्षेत्रमा लकडाउनको घोषणा गरेको हो ।

उपमहानगरमा लगातार संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन गर्नुपरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले बताए । लकडाउन उल्लंघन गर्ने जो कसैलाईपनि संक्रामक ऐन बमोजिम कारवाही गरिने शर्माले बताए ।

शर्माका अनुसार बुटवल भित्रका खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै खुल्न पाउनेछन्। दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने छन्।

सार्वजनिक र निजी सवारी पनि बन्द गरिएको छ। तरकारी, दुध, औषधी, ग्यांस, खानेपानी, फोहरमैला बोक्ने गाडीहरुलाई परिचयपत्र बाहक कर्मचारीले संचालन गर्न पाउने उपमहानगरले निर्णय गरेको छ । उपमहानगर भित्रका होटल तथा रेष्टुरेन्टहरु पनि बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ।

बुटवल भएर पूर्व पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग हुँदै चल्ने सवारी साधनलाई बुटवल उपमहानगर क्षेत्रभित्र रोक्न नपाउने गरि संचालन गर्न दिईने उपमहानगरले जनाएको छ । मालबाहक सवारीले उपमहानगरमा अनलोड गर्न समेत प्रहरीको अनुमती आवश्यक पर्ने उपमहानगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : ३६ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको